काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ७३ पैसा र बिक्री दर १३३ रूपैयाँ ३३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रूपैयाँ ३५ पैसा र बिक्री दर १४७ रूपैयाँ ०१ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ०८ पैसा र बिक्री दर १६९ रूपैयाँ ८५ पैसा पुगेको छ । हिजोको तुलनामा युरो र पाउण्डको भाउ बढेको छ ।
शुक्रबार युरो एकको खरिद दर १४५ रूपैयाँ ७९ पैसा र बिक्री दर १४६ रूपैयाँ ४४ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३१ पैसा र बिक्री दर १६९ रूपैयाँ ०७ पैसा तोकिएको थियो ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४१ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।