भारत– भारतको उत्तरी भुभागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको छ । यहाँको तापक्रममा एक्कासी कमी देखिएको छ ।
भारतीय मौसम विभागका अनुसार न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र पालममा १२.२ डिग्री सेल्सियस मापन गरिएको छ । चीसोका कारण बिभिन्न ठाउँमा स्थानीयहरू कम्बललगायतका लुगा ओढेर हिँडिरहेको देखिएको छ ।
साइकल चालक तथा पैदल यात्रामा निस्किएका स्थानीयले शनिबार तापक्रममा उल्लेख्य गिरावट आइ चिसो अत्याधिक बढेको बताएका छन् । स्थानीयले शनिबार एएनआईसँगको प्रतिक्रियामा भनेका छन्, “चिसो अत्याधिक भएकाले पैदल यात्रा गर्न गाह्रो भइरहेको छ । कुहिरो तथा प्रदूषणले नियमित पैदल यात्रामा समस्या बढेको छ । प्रदुषणका कारण हुने स्वास्थ्य समस्याहरूबाट बच्न मास्क लगाएर बाहिर निस्किरहेका छौ ।”
दिल्लीको समग्र वायु गुणस्तर सूचकाङ्क गुणस्तरीय मौसम पूर्वानुमान तथा अनुसन्धान प्रणाली अनुसार शनिबार बिहान ८.०७ बजे वायुको गुणस्तर ‘निकै खराब’ रेकर्ड गरिएको थियो । भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार राजधानीको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।
राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीले यसअघि उत्तरी भारतको न्यूनतम तापक्रम आगामी तीन दिनमा २.३ डिग्री सेल्सियसले बढ्न सक्ने बताएको थियो ।बिहारका एक रिक्सा चालक महेश कुमारले बिहीबार एएनआईसँग कुरा गर्दै चिसो मौसमले आफ्नो दैनिक काममा असर गरिरहेको बताए ।