काठमाडौं– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू– गमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।