काठमाडाैं - नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् । शनिबार चितवनमा आयोजित संघको ३७ औं वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरको हो ।
गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा मिति २०६७।०१।१७ देखि मिति २०६८।०६।२८ सम्म रहेका थिए । नेपाल बैंकर्स संघ जस्तो गरिमामय संस्थाबाट यस बैंकका पूर्व अध्यक्ष सम्मानित हुन भएकोमा सिटिजन्स बैंकले गर्व महशुस गरेको साथै गौतमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ । यस अघि नै सोही संस्थाको ३५ औ वार्षिक साधारण सभाबाट सन् २०२१ मा बैंकका पूर्व अध्यक्ष डा. शंकर शर्मा जो हाल नेपालको तर्फबाट भारतका लागि राजदूत भएका उनलेसमेत सम्मान पाएका थिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख८६हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।