कपिलवस्तु - १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ च्याम्पिएनसिपमा आइरन मेन 'जिवन गिरी' ले गोल्ड मेडल हासिल गरेका छन् ।भारतमा आयोजित १०औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पिएनसिपमा युएसए र भारतलाई हराउदैँ कपिलवस्तु जिल्लाका जिवन गिरीले नेपाललाई विश्व सामु चिनाउदै गोल्ड मेडल विजेता भएका हुन् ।
बुबा ओम गिरी र आमा प्रेम कुमारी गिरीको कोखबाट जन्मिएका गिरी परिवारसहित कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै बस्दै आएका छन् । साधारण परिवारमा हुर्किएका उनी लिफ्टिङमा सानै देखि रुची राख्दै आएको भए पनि उनकै गाँउठाँउले साथ सहयोग नगरेपछि विभिन्न खुट्किला पार गर्दै उनी जिल्ला, प्रदेश, देश हुदैँ विश्वमै आफ्नो नाम कमाउन सफल भएका छन् ।
उनी सानैदेखि आफ्नो समाज, देश तथा विदेशमा आफुलाई कसरी चिनाउ भन्ने सोचका साथ अगाडि बढ्न चाहन्थे । देशलाई चिनाउन उनले कराते खेल्दथे तर समयसँगै वेट लिफ्टिङमा उनकाे रुची बढ्याे । त्यसपश्चात उनको मनमस्तिष्कमा वेट लिफ्टिङ छायो । यसै सिलसिलामा उनी देश तथा विदेशमा हुने प्रतियोगितामा सहभागी हुने अवसर समेत पाए । एक पछि अर्को उतारचढाउको सिडी चढ्दै विभिन्न उपाधी समेत हासिल गर्न सफल भए । सरल र मिलनसार स्वभावका उनको यस सफलताको पछाडी परिवारको ठूलो भूमिका रहेको उनले बताए । तर वेटलिफ्टिङमा आफ्नो सुरुवातमा जिल्लास्तरमा कदर नभएपनि कपिलवस्तु जिल्लालाई विश्व सामु चिनाउन सफल भएकाे उनी बताउँछन् ।
उनी सन १९९९ मा नेपालकै सबैभन्दा ठूलो खेलमा 'मि धर्म' विजेता भएका थिए । बडीविल्डिङमा सन १९९९ मा मेडल भित्र्यिाएका उनी एसियाको पावर लिफटिङ एसोसिएसनको पुर्व उपाध्यक्ष समेत भइसेका छन् । सन २००० मा उनि 'मिस्टर नेपाल' को उपाधि हासिल गरे ।
पावर लिफटिङको अन्र्तराष्ट्रिय जज भएर समेत उनी काम गरीसकेका छन् । स्ट्रेन्थिङ लिफटिङ फेडिसेसन, नेपालको संस्थापक हुदैँ नेपालबाट विश्व सदस्यसमेत भएका छन् । उनले क्रिजिस्तानमा वर्ल्ड च्याम्पिएनसिप मा दोश्रो उपाधी प्राप्त गरेका छन्। लुम्बिनी प्रदेश नं. ५ बाट पनि रत्न पुरस्कारबाट समेत सम्मानित भईसकेका छन् ।
जिल्ला तथा देशलाई विश्वसामु चिनाउन युवा पुस्तालाई स्थानीय, प्रदेश र संघीय सरकारको समेत अहम भुमिका हुन्छ । युवा पुस्ताको रुची तथा प्रतिभालाई उचित कदर तथा मुल्यांकन समेत गर्न सक्नुपर्दछ ।