काठमाडौं – विभिन्न स्थानबाट लागुऔषाधसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको बिराटनगर महानगरपालिका– १७ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६४ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका– ४ पान्धारे टोल बस्ने ३० वर्षीय बिजय चाम्लीङ राई समेत २ जना रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ६३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित सोही नगरपालिका– ६ बस्ने २५ वर्षीय सन्दिप सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका– २ फुटाहाबाट पनि अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका ३ रझेना बस्ने २९ वर्षीय समिर थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका– ३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्रामसहित गोदावरी नगरपालिका– २ बस्ने १९ वर्षीय आरिक अन्सारी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्तसहित पक्राउ गरेको हो ।
यसैबीच दाङको घोराही उपमहानगरपालिका– १४ नयाँबजार बस्ने दम बहादुर पुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम र नगद २८ हजार ८ सय ४५ रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।