काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लि. (सिभिल बैंक लि.को सहायक कम्पनी) को चालु आ.व. २०७६ माघ मसान्त सम्मको कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका विभिन्न कार्यालयका शाखाप्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै का.मु. प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सिभिल लघुवित्तको हालसम्मको प्रगति अवस्था, संस्थाको आगामी रणनीति, संस्थाले भोगेका समस्या, चुनौती र त्यसलाई अवसरको रूपमा सदुपयोग गर्दै परिणाममुखी नतिजाको लागि सबै तहमा कार्यरत कर्मचारीलाई उच्चमनोबलका साथ कार्य सम्पादन गर्न निर्देशन दिए । कार्यक्रममा ञ्चालक समिति अध्यक्ष सचिनजङ्ग रायमाझिले संस्थाले विभिन्न स्थानमावित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दा केही उतारचढाव भई समस्या तथा चुनौती आए पनि आप्mनो काम तथा सेवाप्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।