काठमाडौं- काठमाडौं फोटोग्राफर संघले दुई दिने फोटोग्राफी र भिडियोग्राफी तालिम सञ्चालन गर्ने भएको छ ।
मुलपानीको दक्षिण ढोकास्थित ग्राण्ड नलिङ होलमा सञ्चालन हुने कार्यक्रममा भारतका प्रतिष्ठित फोटोग्राफर राजा अवस्थिले तालिम दिने छन् । तालिम शुक्रबार र शनिबार (पुस १३ र १४ गते) हुने आयोजक संस्थाका अध्यक्ष हरि घिमिरेले जानकारी दिए ।
कार्यक्रममा अहिले अत्यधिक माग भइरहेको वेडिङ फोटो र भिडियोग्राफी बारे पनि तालिम दिइनेछ । सोही क्रममा नेपालमा फोटोग्राफी व्यवसायलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने संस्थाका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले बताए ।