काठमाडौं– थाइल्यान्डका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन ।
आज राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राजदूत वलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गएका हुन ।
उक्त अवसरमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।