कपिलवस्तु - प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनले हराएकाे छ । प्रदेश स्तरमै बलियो टिम मानिएको रुपन्देहीलाई ६१ रनले हराएर कपिलवस्तुले फराकिलो जीत निकालेको हाे ।
टस जितेर पहिलो ब्याटिङ गर्दै ४२ दशमलव ३ ओबरमा कपिलवस्तुले ८ विकेट गुमाउदै १ सय ६१ रन बनाएउ । प्रतिउत्तरमा उत्रेको रुपन्देही टिम ३० दशमलव १ बलमा सय रन बनाउदै अल आउट भए । कपिलवस्तुका तर्फबाट मोहम्मद हुसेनले ६८ र गोबिन्द थारुले नट आउट ३२ रन बनाए । रुपन्देहीलाई सय रनमै समेटनका लागि कपिलवस्तुका मोहम्मद हुसेनले ४ विकेट लिए ।
यस्तै कपिलवस्तुका समसुल जमा खा र राज अग्रहरीले दुई दुई बिकेट लिए । रुपन्देहीका विष्णु कटरियाले २८ र म्रिनल गुरुङले २५ रन बनाए । रुपन्देहीका विष्णु कटरिया र संतोष यादवले दुई दुई विकेट लिएका थिए । कपिलवस्तुका मोहम्मद हुसेन मैन अफ द म्याच घोषत भए । बलियो टिम रुपन्देहीलाई जितेसंगै कपिलवस्तुका खेलार्ड उत्साही भएका छन् ।
कपिलबस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले अब कपिलवस्तुका फाईनलमा पुग्ने र जित्ने बताए । उनले यो लयलाई कायम राख्न आग्रह गरे । भैरहवाको सिद्धार्थ रंगशालामा खेल भएको थियो । समुह ए मा कपिलवस्तु रुपन्देही, पाल्पा नवलपरासी छन । यस्तै समुह बी मा बाके बर्दिया र दाङ छन्।
आउँदो आइतबार कपिलवस्तुले नवलपरासी र सोमबार पाल्पा विरुद्ध खेल्ने क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले बताए । उनले यो छनौट खेलमा बिजयी हुनु ऐतिहासिक भएको समेत बताए । छनौट प्रतियोगिता खेल पुस २२ सम्म चल्ने छ ।