काठमाडाैं - माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति प्रहरीले पक्राउ गरेकाे छ । वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनेर ठगी गर्ने धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जुम्ला जिल्लाको हिमा गा.पा वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा वडा नं. १५ स्वयम्भु बस्ने राम बहादुर शाहीको छोरा वर्ष ३२ को धर्मेन्द्र शाहीले वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनेर टेकराज पाण्डेबाट रकम लिएका हुन् ।
त्यसको लागि रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. २,००,०००/-( अक्षेरुपी दुई लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. १२,००,०००/- (अक्षेरुपी बाह्र लाख रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले कार्यालयबाट खटिएको प्रहरी टोलीले निज धर्मेन्द्र शाहीको खोजतलास गर्ने क्रममा बिहीबार का.जि.का.म.न.पा वडा नं. ३१ बानेश्वरबाट पक्राउ गरेका छ ।
थप अनुसन्धान तथा कारवाहीको लागि निजलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडाैं पठाईएको प्रहरीले जनाएकाे छ ।