काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक केही बेरअघि सुरू भएको हो ।
बैठकले शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको विषयमा पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको निर्णय गर्ने बताइएको छ ।
आज बिहान बालुवाटारमै प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखरहरूको बैठकले शुक्रबारको घटनाबारे विभिन्न निर्णय गरेको थियो ।