सनातन धर्ममा सामान्यतया प्राच्यदर्शन भनेर बाह्र दर्शनलाई बुझिन्छ । जसलाई आस्तिक र नास्तिक दुई भागमा विभाजन गरिएको छ । आस्तिक भन्नाले वेदअनुसार चल्ने र नास्तिक भन्नाले वेदअनुसार नचल्ने व्याख्या रहेको पाइन्छ । तर नास्तिक भनेको वेद नमान्ने नै हो भन्न मिल्दैन । किनभने बौद्ध दर्शनले वेदबाट जन्मेको उपनिषद्को वाक्य ः मातृदेवो भव, पितृदेवो भव, धर्मं चर आदि धेरै नियम आत्मसात गरेको देखिन्छ । तर मनुस्मृतिको ‘नास्तिको वेदनिन्दकः‘ वचन हेर्दा चार्वाक दर्शनलाई भने नास्तिक मान्न गाह्रो छैन । अरू दर्शनलाई नास्तिक मान्न गाह्रै हुन्छ । बाह्र दर्शनलाई पनि समदर्शनको आधारमा सानो बनाएर नौ दर्शन अझै सानो बनाएर छ दर्शन भन्ने गरेको पाइन्छ ।
दर्शन शब्दलाई यसरी परिभाषित गर्न सकिन्छ । ‘दृश्यते अनेन इति दर्शनम्’ दृश्यते को पर्यायवाची शब्दको रूपमा तŒवज्ञान शब्दलाई मान्नपर्छ । जुन दर्शन पढेर वा ज्ञान गरेर तŒवज्ञान प्राप्त हुन्छ त्यो दर्शन हो । अब हामी यहाँ बाह्र दर्शनका बारेमा बुझ्दछौं । आस्तिक कोटिमा राखिएका दर्शन र लेखक न्याय– गौतम, वैशेषिक– कर्णाद, सांख्य– कपिल, योग– पतञ्जलि, पूर्वमीमांसा– जैमिनि, उत्तरमीमांसा (वेदान्त)– वेदव्यास, जम्मा गरी छ आस्तिक दर्शन । त्यसैगरी नास्तिक कोटिमा राखिएका दर्शन र लेखकः चार्वाक– वृहस्पति, जैन– ऋषभदेव (महावीर), बौद्ध (वैभाषिक, सौत्रान्तिक, योगाचार, माध्यमिक)– गौतम बुद्ध । यसरी बुद्धका चार र अरू दुई गरी नास्तिक दर्शन भनेर मानिन्छ ।
अब हामी अरू दर्शन शास्त्रलाई बिसाएर बौद्ध दर्शनतर्फ केन्द्रित हुन्छौं । यस दर्शनको व्युत्पत्ति यसरी गर्न सकिन्छ । ‘बुद्धेनोपदिष्टं दर्शनं बौद्ध दर्शनं’ अर्थात् बुद्धले उपदेश गरेको दर्शन बौद्ध दर्शन हो । अब हामीले यहाँ के बुझ्न पनि आवश्यक छ भने बौद्ध दर्शनअनुसार तण्हंकरदेखि गौतम बुद्धसम्म २८ बुद्धको चर्चा गरिएता पनि तण्हंकर, मेधंकर र शरणंकर बुद्धहरुको जीवनीको विषयमा बुद्ध दर्शन मौन रहेको छ । उनीहरुको उल्लेख कतै पनि पाइँदैन । त्यसैगरी २६ बुद्ध,२४ बुद्ध, १० बुद्ध र ५ बुद्धको गरी अनेकन बुद्धको व्याख्या गरेको पाइन्छ । बौद्ध दर्शन सिद्धार्थ गौतमले लेखेका होइनन् । उनले त बोधिसŒव प्राप्त गरेपछि आफ्ना सारीपुत्र, मौद्गल्यायन, खेमा, उप्पलवण्णा, आनन्द आदि नाम गरेका भिक्षु, भिक्षुणीहरुलाई उपदेशमात्र गरेका हुन् । प्रथम बुद्धबाट अन्तिम बुद्ध सिद्धार्थ गौतमसम्म आइपुग्दा यस दर्शनमा धेरै परिवर्तन भएको देखिन्छ । कुनै बेला विकास र कुनै बेला ह्रासहुँदै यो दर्शन अहिले वर्तमान अवस्थामा आइपुगेको छ ।
अब सिद्धार्थ गौतमको जन्मबारे प्रामाणिक कुरा थाहा पाउन हामी इतिहास संशोधन मण्डलभित्रै प्रवेश गनुपर्छ । बुद्धको जन्मबारे यस संस्थाले धेरै अनुसन्धान गरेको छ । इतिहास संशोधन मण्डलबाट–सिंहलद्वीपको परम्पराअनुसार बुद्धको परिनिर्वाण विक्रमपूर्व ४८७ मा भएको देखिन्छ । यस मितिमा विप्रतिपत्ति उठे पनि अरू परम्पराको दाँजोमा सिंहलद्वीपको परम्परा धेरै नै बढी मात्रामा स्वीवृmत छ (डा. महेशराज पन्त राजधानी १२ वर्ष, ३५१ अंक, ७ पृष्ठ २०७० जेठ १५, बुधबार) । इतिहासकार महेशराज पन्तको उक्त लेख हेर्दा सिद्धार्थ गौतम २५६६ वर्षपूर्व पिता शुद्धोदन र माता मायादेवीका कोखबाट जन्मिएको तथ्य अलि प्रामाणिक भएको सिद्ध हुन्छ । सिद्धार्थ गौतमले पछिमात्रै बोधिसŒव प्राप्त गरेर भगवान् बुद्ध बनेका भन्ने सर्वविदितै छ ।
अब यहाँ के अडकल गर्न सकिन्छ भने बुद्ध भगवान्का मातापिता सनातन (हिन्दू) धर्म नै मान्दथे । त्यसैले सिद्धार्थ गौतम स्वतः (जन्मजात नै) हिन्दू भएर जन्मिए तर उनमा विलक्षण क्षमता थियो जसले गर्दा उनी भगवान् बन्न समर्थ भए । यहाँ के स्मरणीय छ भने सिद्धार्थ जन्मँदा कालदेव नामक बूढा ऋषि शुद्धोदनको दरबारमा पुगेको र सिद्धार्थमा महापुरुषको लक्षण भएको कुरा बताएका थिए । सिद्धार्थ गौतमलाई शुद्धोदनले १६ वर्षको उमेरसम्म दरबारबाहिर निस्किन नदिइएको र १६ वर्षको उमेरमा सिद्धार्थ यशोधरासँग विवाहको डोरीमा बाँधिएका थिए । त्यसपछि सिद्धार्थले ऋषि–महर्षिहरूबाट ज्ञान लिएर वा उनीहरूबाट प्रभावित भएर जीवन मुक्तिका लागि २९ वर्षको उमेरमा घर छाडेका हुन् । जसले घर छाडेर भारतवर्षकै एक ठाउँ बोधगयामा गएर भगवत् तŒवको उपासना गरे र आफूसँग भएका ज्ञान बाँडे । बुद्वका उपदेश यस प्रकारका छन् जन्म दुःखं, रोग दुःखं, बार्धक्यं दुःखं, मृत्यु दुःखं, वयो दुःखं, सर्वं दुःखं । त्यसपछि भावना चतुष्टयको ज्ञान दिए– सर्वं दुःख दुःखं, स्वलक्षणं स्वलक्षणं, क्षणिकं क्षणिकं, शून्यं शून्यं ।। त्यसपछि आर्यसत्यचतुष्टयको ज्ञान गराए– १. दुःखं, २. दुःखसमुदयः, ३. दुःखनाशः, ४. दुःखनाशहेतुः ।
त्यसपछि दुई प्रकारको उपदेश दिए– १. विनयपिटक (नियम सँग सम्बद्ध) र २. सूत्रपिटक (धर्मसँग सम्बद्ध) । यी दुई पिटकबाट प्रभावित भएर वसुबन्धुले अभिधम्मपद लेखेका हुन् ।
कतै कतै यिनै तीनवटा ग्रन्थलाई नै तिपिटक (त्रिपिटक) मानिएको पाइन्छ भने कतै बुद्धले गरेका उपदेशहरुलाई पूर्वकालमा लेख्दै पेटारीमा राख्ने गरिएको थियो । त्यसरी लेख्दै राख्दै गर्दा तीन पेटारी भरिएको थियो । संस्कृतमा पेटारीलाई पिटकः र तीनलाई त्रि भनिन्छ । यसरी त्यहाँ रहेका कुराहरु छपाइ लिपिबद्ध गरियो । त्यही ग्रन्थ त्रिपिटक नामले प्रसिद्ध भयो । बुद्धको पालीभाषामा तिपिटक भनिएता पनि यसैलाई अहिले त्रिपिटक भनिन्छ । त्रिपिटक प्रामाणिक ग्रन्थ हो । यसैबाट बुद्धका अनुयायीहरू प्रशस्त भए जसले बुद्धधर्मलाई नै अलग्गै स्थापित गरे । यसमा धेरै भेदहरु रहेको पाइन्छ ।
१. हीनयान
यस संप्रदायको बाहुल्य विशेषगरी श्रीलंकातिर रहेको पाइन्छ । तर सबैतिर हीनयान र महायान उत्तिकै पाइने हुनाले यही नै यही छन् भन्न अलि गाह्रो हुन्छ । यसले व्यक्तिको मात्र उद्धार हुने कुराको विश्वास गर्दछ ।
२. महायान
यस संप्रदायको बहुलता विशेषगरी दक्षिणतिर रहेको पाइन्छ जुन, नेपाललगायत देशमा रहेको पाइन्छ । यसले समूहको उद्धार हुने कुराको विश्वास गर्दछ । विद्वान्हरु बुद्धधर्मका अनेक सम्प्रदाय छन् भन्ने कुरा मान्दछन् । तर तिनको गहन अनुसन्धान हुन आवश्यक छ । तर, बुद्धधर्मभित्रका निम्नलिखित चार भेदबारे विद्वान्हरु लगभग मतैक्य रहेका छन्–
क. माध्यमिक
यसले मध्यमा प्रतिपद् सिद्धान्त अवलम्बन गर्दछ । यसले शून्यवादको प्रतिपादन गरेको छ । शून्य शब्दले खम् शब्दलाई नबुझाएर ‘शून्यत्वन्नाम अनिवाच्र्यत्वम्’ भन्ने कुरालाई बोध गराउँछ । अर्थात् इदम् इत्थम् एव भनेर वस्तुलाई भन्न सकिँदैन भन्ने कुरामा माध्यमिकहरू विशेष विश्वास गर्दछन् ।
ख. योगाचार
यसले जगत् छँदै छैन । विज्ञानमात्र छ भन्ने कुरालाई सिद्ध गर्दछ ।
ग. वैभाषिक
यसले भने स्थूलजगत् अर्थात् अहिले हामीले जस्तो जगत् देखेका छौं । भोग गरेका छौं । जीव र जगत् त्यस्तै नै छ भन्ने कुरालाई सिद्ध गर्दछ ।
घ. सौत्रान्तिक
यसले फेरि जगत्लाई इन्द्रजालझैँ रहेको छ । जस्तो जगत् देखिएको छ त्यस्तो जगत् नभएर जगत् सूत्रका रुपमा रहेको कुरालाई सिद्ध गर्दछ ।
यसरी सबै धर्मका सबै दर्शनहरुमा आ–आफ्ना मतहरु पाइन्छन् । तर बौद्ध धर्मलाई राम्रोसँग नियाल्ने हो भने हिन्दू र बौद्धबीच खासै फरक देखिँदैन । बुद्ध उत्पन्न हुनुपूर्व कल्पको उत्पत्ति र कल्प उत्पन्न हुनुपूर्व पृथ्वीमा अति सुगन्धित कमलको फूल फुलिराख्ने छ । त्यो कमलको फूलको वासना ब्रह्मलोकसम्म फैलिरहेको हुन्छ ।
कमलको फूलको सुगन्धित वासनाले गर्दा ब्रह्मा उक्त कमलको फूल निरीक्षण गर्न आउने गर्दछन् र उक्त कमलको फूलमाथि बुद्धहरूले धारण गर्ने चीवर उत्पन्न भइरहेको देखी उक्त चीवरलाई आफ्नो भूवनमा लगी सुरक्षित गरिराख्ने छन् भन्ने प्रसंग र यस्तै गृहत्यागपछि अनोमा नदी (भारतमा रहेको) को किनारमा ब्रह्माले दिएको चीवर लगाएर प्रव्रजित भएको प्रसंग । ब्रह्माको प्रार्थनालाई स्वीकार गर्दै बुद्धले पञ्चभद्रवर्गीयहरुलाई उपदेश दिएको भन्नेलगायतका प्रसंगमा ब्रह्माको धेरै चर्चा रहँदा र ब्रह्मलोकको चर्चा रहँदा
यो ब्रह्माणं विद्याति पूर्वं
यो वै वेदाँश्च प्रहिणोति तस्मै
तं ह देवमात्मबुद्धिप्रकाशं
मुमुक्षुर्वै शरणमहं प्रपद्ये ।। (श्वोताश्वतरोपनिषद् ६÷१८)
हिन्दू वांमयले मानेका ब्रह्मा र बौद्धले भनेका ब्रह्मा एकै हुन् कि ? यो पनि अनुसन्धानकै पाटोमा रहेको छ । यसले पनि हिन्दू ब्ँौद्धमा तादात्म्य सम्बन्ध रहेको छ । हामी एउटै सूत्रमा उनिन सक्ने अवस्था छ । हामी नेपालवासीले सामञ्जस्यको भावना राख्नैपर्छ जसका लागि हाम्रो बलियो सूत्र हो धर्म, संस्कृति, भाषा, भेषवूषा आदि । त्यसैले हाम्रो पौरस्त्य दर्शन सधैं नबाझिएको हुनुपर्छ । तर अहिले नेपालमा परचक्रीहरूले अनौठो प्रवृत्ति भित्र्याएका छन् । जसले नेपाल र नेपालीलाई ध्वस्त पार्न अनेकन वज्र हानिरहेका र धर्म, शास्त्र, संस्कृति, भेषवूषा सबैमा अतिक्रमण गरेका छन् । हामी भने उनीहरूकै पछि लागेर सिद्धिन खोजेका छौं ।
नेपालमा सनातन धर्मभित्र पर्ने बुद्ध, बोन, जैन, शिख आदि धर्मलाई अलग–अलग हो भन्ने भ्रम छरेर परचक्रीहरू भाइभाइ फुटाउने रणनीति गर्दै छन् । त्यसमा हामी नेपाली आफैं संलग्न भएका छौं । अब हामी ‘उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत’ उपनिषद्ले भनेझैँ जाग्ने बेला आएको छ, सनातन धर्मका लागि उठ्ने बेला आएको छ । जसले हामी सबैलाई सामञ्जस्यको बाटोमा ल्याउँछ । र, हामी सनातनीबीच वैमनस्य घट्छ । जब हामीले हामी सनातनी हौं भन्ने बुझ्छौं तब हामीलाई हिन्दू, बुद्ध या जैन जे माने पनि फरक पर्दैन । त्यसैले नेपाल र नेपालीपनका लागि हामीले हामी सनातनी हौं भन्ने बुझ्नु आवश्यक छ ।
अब माथि उल्लिखित कुरालाई फेरी कोट्याउँछु । नास्तिक वा अवैदिक दर्शनको बारेमा हामीले भगवान् श्रीकृष्णका श्रीमद्भगवद्गीता हेर्नु आवश्यक छ ।
कामात्मनः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।। ( भ० गी० २÷४३ ) ।। अर्थात् ‘अल्पज्ञानी व्यक्तिहरू वेदका आलंकारिक वचनहरूप्रति अति आशक्त हुन्छन् । त्यहाँ स्वर्ग प्राप्ति गराउने र राम्रो जन्म, शक्ति र यस्तै अन्य कुराहरू प्राप्त गराउने धेरै किसिमका सकाम कर्महरू बताइएका छन् । इन्द्रीयभोग र सम्पन्न जीवनको चाहना राख्ने व्यक्तिहरू योभन्दा ठूलो अरू केही छैन भन्ने गर्दछन्,
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधियते ( भ० गी० २÷४४) अर्थात् ‘जसको मन इन्द्रीयभोग र सांसरिक वैभवप्रति अत्यधिक आशक्त छ र जसलाई यस्ता वस्तुहरूले मोहित गर्दछ त्यस्ता व्यक्तिहरू भगवान्को अटल भक्तिमा दृढ हुन सक्तैनन् । र,
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।
निद्र्वन्द्वो नित्यसŒवस्थो निर्योगक्षेम आत्मवान् ।। (भ० गी०२÷४५)वेदमा मुख्यगरी प्रकृतिका तीन गुणहरूका सम्बन्धमा उल्लेख छ, त्यसैले हे अर्जुन ! तिमी यी तीन गुणभन्दा पर जाऊ । सम्पूर्ण द्वैतभावबाट मुक्त होऊ, समस्त लाभ र सुरक्षाका चिन्ताबाट पनि मुक्त होऊ र आत्मामा स्थित होऊ ।।
यसरी गीताको उक्त तीन श्लोकलाई हेरी भगवान् श्रीकृष्णको वाणीगीतालाई अवैदिक भन्न मिल्छ र ? मिल्दैन । त्यसैगरी बौद्ध दर्शनलाई पनि नास्तिककै कोटीमा राख्नु अल्लि असुहाउँदो छ भन्ने विचार ममा उत्पन्न भएको छ । यो विषयमा शास्त्रज्ञहरुबाट उहापोद गर्नु आवश्यक छ । अब हामीले के बिचार गर्न सक्छौं भने श्रीबुद्ध पनि श्रीमद्भगवद् गीताकै विचारबाट प्रभावित भएर घर छाडेका हुन् । किनभने उनी यो भवसागर र मृत्युबाट मुक्ति पाउन घर छोडेर तपस्यामा आकर्षित भएको भन्ने कुरा पाइन्छ ।
हामी नेपाली र नेपालका लागि अझै गौरवको विषय के छ भने श्रीमद्भगवद् गीता नेपाल भूमिमा लेखिएको हो । यसैगरी सिद्धार्थ गौतम पनि नेपाल भूमिमा जन्मिएका हुन् । हामीले त्रिपिटक र धम्मपद हे¥यौं भने के कुरा थाहा पाइन्छ भने बुद्धका उपदेशहरू श्रीमद्भगवद् गीतासँग मिल्दाजुल्दा पनि छन् । अब हामीले के बुझ्न सक्छौं भने भगवान् बुद्ध वेद विरोधी होइनन् उनी वेद, उपनिषद् र गीताका अनुयायी हुन् । समय क्रममा उनका चेलाहरू वा परचक्रीहरुले ग्रन्थ परिमार्जनको क्रममा अतिशयोक्ति वा प्रक्षेप गर्नाले यी ग्रन्थहरू बुद्धका मूल भावनाभन्दा पृथक् बन्न पुगे । कालान्तरमा यसैलाई व्याख्याकारले नास्तिक भनेर व्याख्या गरे यसबारेमा अझै गहन अध्ययन हुनु आवश्यक छ ।
सनातनीहरु बुद्धलाई दशौं अवतार मान्दछन् । अनि हामी हिन्दू बौद्ध दुवैले शिव, विष्णु, देवी, गणेश, भास्कर आदि आदि भगवान्हरूलाई एकै मन्दिरमा गएर पूज्दछौं । अझै हामी दसैँ, तिहार, माघेसंक्रान्ति, होली आदि चाडपर्वहरू पनि एकआपसमा मनाउँछौं । हाम्रो यस्तो उदार सम्बन्धलाई परचक्रीले नै टुक्र्याउन आटेका हुन् भन्दा अतिशयोक्ति हुँदैन । उत्पत्तिकालबाटै अनुभव गर्ने हो भने हामी विभाजन हुने ठाउँ नै छैनन् । तर कालान्तरमा केही विकृतिहरू आएका छन् त्यसको मन्थन हुनु आवश्यक छ ।
(लेखक वाल्मीकि विद्यापीठमा शास्त्री तहमा अध्ययनरत छन्)