काठमाडौं - युवा लोक दोहोरी गायक बद्रि सापकोटाको ‘अत्ति भयो अत्ति’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओ भने शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
सापकोटाको स्वर तथा संगीत रहेको उक्त गीत भने सापकोटा र ध्रुव न्यौपानेको संयुक्त रचना याे गीत बनेकाे छ । गीतको एरेञ्ज भने महेन्द्र भण्डारीले गरेका हुन् ।मिक्सर/मास्टर खडग बाजुराली हुन भने गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको भिडिओ भने सुजन श्रेष्ठले खिचेका हुन् भने सम्पादन बीरबहादुर थारुले गरेका हुन् । उक्त गीतको भिडिओको निर्देशन भने कृष्ण लामिछानेले गरेका हुन् । क्लबका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, अधिवक्ता स्वागत नेपाल र चर्चित गायक बद्रि पंगेनीले संयुक्त रुपमा उक्त भिडिओको सार्वजनिक गरेका हुन् ।
यस्तै, गायक बद्रि पंगेनीले सापकोटाको उक्त गीत एकदमै राम्रो बनेको भन्दै दर्शक तथा श्रोताले रुचाउने विश्वास दिलाए । उनले गायक बद्रि सापकोटालाई नेपाली संगितमा छलाङ मारेको युवा कलाकारको रूपमा चित्रण गरे । उनले भने,‘अहिले देशको जुन परिस्थिति छ, बद्रिजीले गीतको माध्यमबाट जनतामा पुर्याउने काम गर्नुभएको छ । विशेष धन्यवाद ।’ कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले उक्त गीतको सफलताको लागि शुभकामना दिए । उनले भने,‘यो गीत बद्रि सापकोटा भाईलगायत तीन जनाको सामूहिक प्रयासमा आएको उपहार हो ।’