काठमाडाैं - पूर्व संविधानसभा सदस्य श्रीमती दालकुमारी सुनुवारकाे शुक्रबार निधन भएकाे छ । उनकाे पार्थिव शरीरलाई साेमबार पशुपतिमा अन्त्यष्टि गरिएकाे हाे । रामेछाप जिल्लाकाे गुप्तेश्वर ३ निवासी सुनुवारकाे जन्म विसं १९९८ फागुन २९ गते भएकाे थियाे । उनी हाल काठमाडौंकाे गौशला पिंगलास्थानमा बस्दै आएका थिइन् ।
उनका श्रीमान मानबहादुर सुनुवार भूत पुर्व लप्टन हुन् । उनकाे तीन छोराहरु रहेका छन् ।उनका जेठा छाेरा जंगबहादुर सुनुवार, ब्रिटिस गोर्खाका नायक हुन् ,साहिला छाेरा राजेन्द्रप्रसाद सुनुवार ,शाही नेपाली सेनाका कर्नेल हुन् । उनका कान्छा छाेरा राजेन्द्रकुमार सुनुवार नेपाल प्रहरीका प्रहरी निरिक्षक रहेका छन् । सुनुवारकाे तीन बुहारी, दुई नाति, पाँच नातिनी, दुई नातिनी ज्वाइँ र दुई पनाति रहेका छन् ।
२०३० सालदेखि राजनीतिमा प्रवेश पश्चात् २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य उम्मेदवारमा ७ हजार ३ सय ७५ मत प्राप्त गरी विजयी नभए पनि राजनीतिबाट सन्यास नलिइ लागी परेकोले २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हालसम्म राजनीतिमा सक्रिय रहेकी थिइन् ।