काठमाडाैं - वेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । रोजगार युवाहरुबाट १० करोड भन्दा बढी रकम ठगी गरेकाे SEE STAR TRAINING CENTER को संचालक वर्ष ४७ को लाल बहादुर लामालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
ललितपुरकाे कोन्जोसोम गा.पा. वडा नं. १ बस्ने प्रेम बहादुर लामाको छोरा लाल बहादुर लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई वैदेशिक रोजगारीको विभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।
उनले काठमाडाैं महाराजगंजमा SEE STAR TRAINING CENTER खोली बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिएकोमा वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएकोमा पिडितहरुले आफुहरु ठगिएको थाहा पाएकाे बताएका छन् ।
उनीहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएकाे बताए । साेही निवेदनका आधारमा साेमबार काठमाडाैंकाे शंखमुलबाट फरार रहेका ट्रेनिङ सेन्टरका संचालक लाल बहादुर लामालाई नियन्त्रणमा लिएकाे प्रहरीले बताए। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट निजले धेरै बेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी रकम उठाएको र निजको ट्रेनिङ सेन्टरबाट ९९७ राहदानीसमेत बरामद भएको बताए ।
निज लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि काठमाडाैंकाे वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएकाे छ ।