काठमाडौं– रुपन्देही र महोत्तरीसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका– ८ मिलन चोकस्थित सडकमा माइक्रोबसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको माइक्रोबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देहीकै बुटवल उपमहानगरपालिका– १२ तामनगरस्थित सडकमा लु ३१ प ६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लाल बहादुर कुँवरको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता नवलपरासी पूर्वको बौद्धिकाली गाउँपालिका– १ मचेडीस्थित सडकमा डेढगाउँबाट कावासोतीतर्फ जाँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– बस्ने ५५ वर्षीय रन बहादुर स्माइली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै महोत्तरीको गौशला नगरपालिका– १ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।
उता बाराको जितपुर सिमरा उपमहानगरपालिका(७ बकुलीया चोकस्थित सडकमा ना।१ ज ३५२७ नम्बरको सुमोले ना।५९ प ३९ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका– ३२ बस्ने २५ वर्षीय दीपक नारायण शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा ग३ च १६५ नम्बरको बोलेरो पिकअपले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी कञ्चनरूप नगरपालिका– ५ बस्ने १८ वर्षीय कृष्ण देव चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कैलालीको लम्कीचुहा नगरपालिका– ३ गोराङ्गेस्थित सडकमा से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने ६५ वर्षीय देव बहादुर शाहको मंगलबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रौतहटको गौर नगरपालिका– ६ सबगढास्थित सडकमा ना १ ज ७१०९ नम्बरको म्याजिकले बीआर ०६ डीए ७६६४ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक भारत मोतिहारी बस्ने ४० वर्षीय सुशील यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।