काठमाडौं– अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१४ घर भएका भाग्य नारायण यादव छन् ।
जडिबुटी बस्दै आएका २१ वर्षीय यादवलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताए । पीडितको मोबाइलमा अननोन सोर्स भएको युआरएल लिंक म्यासेज पठाएर सो लिंकबाट बैंक खातामा पहुँच बनाएर यादवले ठगी गरेको आरोप छ ।
बैंक खातामा पहुँच बनाएर आरोपीले मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेर ठग्ने गरेको एसपी रेग्मीले जानकारी दिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।