काठमाडौं– राष्ट्रियसभामा एकीकृत समाजवादीले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ ।
राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी मिलेको छैन ।
कांग्रेस–माओवादी नेताहरुले गरेको भागबण्डामा कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले एक सिट लिने भन्ने छ ।
तर त्यसमा एकीकृत समाजवादी मान्न तयार रहेका छैनन् । उसले आफूले ३ सिट पाउनुपर्ने अडान राखेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि एकीकृत समाजवादीका नेताहरुले तीन सिट पाउनुपर्ने बताएका छन् ।
एकीकृत समाजवादीले ३ सिट लिने अवस्था बन्यो भने कांग्रेसको एक सिट घट्ने छ र ९ हुनेछ ।