काठमाडाैं - हामी र हाम्रो कृति समूहकाे दशौँ कृति कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह 'शस्यमञ्जरी' सार्वजनिक भएकाे छ । आइतबार 'हामी र हाम्रो कृति समूहको दशौँ कृति सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएकाे हाे ।
उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गरेका थिए । प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी रहेका थिए । लोकार्पित कृतिशस्यमञ्जरी मुक्तकसङ्ग्रहको समीक्षा प्रा। डा गोविन्द मानसिंह कार्कीले गरेका थिए ।
विशिष्ट अतिथिको आसनमा वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे रहेका थिए । त्यसैगरी अतिथिको आसनमा दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृत मञ्चकी अध्यक्ष तारा के।सी रहेका थिए ।
उक्त कार्यक्रममा समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले समूहको उदेश्य र भावि कार्यक्रमबारे प्रकाश पारेका थिए । विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी र साहित्यानुरागी मनहरूको करिव १०५ जनाको हारहारीमा उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन गजलकार तथा हातेमालो साहित्य संगमकी महासचिव बिमला दाहालले बडो सुन्दर तरिकाले गरेका थिए । स्वागत मन्तव्य सुभद्रा अधिकारीले र शुभकामना मन्तव्य दिनेमा वियोगी बुढाथोकी, युवराज नयाँघरे, शान्ति शर्मा, तारा के। सी।, सुनिल अधिकारी, र रूद्र अधिकारी रहेका थिए ।
उक्त कार्यक्रममा उपस्थित भएका सर्जकहरु मध्यबाट, लब खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल नवशिला’ ,पूर्ण बहादुर श्रेष्ठ, सरिता थापा मगर, दुर्गा किरण तिवारी, मिना चौलागाईँ, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम बिचार ‘सर्जक’ , रूद्र अधिकारी , गणेशबाबु अधिकारी, नम्रता उप्रेती, उषा के। सी। शान्ति शर्मा, निलाञ्जला भारद्वाज, बिनोद खत्री आकास, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे, मानन्धर अभागीज्यूहरूले, लोकार्पित कृतिबाटै मुक्तक वाचन गरेका थिए ।