काठमाडौं – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड–२०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन मंगलबार सार्वजानिक गरेको हो । नेपालभित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत–संगीतहरूको प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले विगत तीन वर्षदेखि यस अवार्डको आयोजना हुँदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताइन् ।
नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२० को नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोक गीत) ६ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरूमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली) , लिम्बु , सुनुवार, भोजपुरी÷मैथली, लगायत भाषाको उत्कृष्टको छनौट गरी मनोनयन सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।
खरेलले पक्कै पनि हाम्रो निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली सांगीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय योगदान पुर्याउने विश्वास लिएको बताए । नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० मा नेपाली मुल भाषा अन्तर्गत पप÷आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् त्यसै गरी नव गायक गायिका र मोडलहरू समेत रहेका छन् ।
गजल र स्वदेशी गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । मनोनयनमा परेका सर्जक तथा श्रष्ठाहरूलाई केही दिनमा एक कार्यक्रमकाबीच प्रमाणपत्र प्रदान गरिने र समापन कार्यक्रममा सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनुका साथै सामाजिक रूपमा योगदान पुर्याएका केही व्यक्तित्वहरूलाई कदर स्वरूप सम्मान समेत गरिने आयोजकले वताएको छ ।