पर्सा - पर्साको हरपुरबाट गाजाँसहित दुई जना व्यक्ति प्रहरीले नियन्त्रणमा लिएकाे छ । पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट मंगलबा सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हाे ।
नियन्त्रणमा लिएकाहरु धादिङ जिल्लाको बेनिघाट गाउँपालिका ४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुर जिल्लाको राङसिराङ गाउँपालिका ४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन् ।
पर्साको बिरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो ।
उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन् । उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोवाइल सेट समेत
बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोवाइल सेट र गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ ।