कपिलवस्तु -जेष्ठ नागरिकलाई सिरक वितरण गरिएकाे छ । केही दिनदेखि शितलहर तथा हुस्सुले गर्दा जाडो अत्याधिक बढेको बेला कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. १० का वडा कार्यालयले आफ्नो वडा भित्रको जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरेकाे हाे ।
साेही नगरपालिकाकाे वडा अध्यक्ष संदिप पाण्डेले आफ्नो वडा भित्रको २१९ जना जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरेकाे बताएका छन् हाे । जाडो अत्याधिक बढेको बेला जाडो थेक्न सिरक पाउदा आफुहरु अत्यन्त खुसी भएको वडा नं. १० का सर्वसाधारणहरुको भनाई रहेको छ । जाडोमा घरका बुढा बुढी, गरिब, असहाय तथा जेष्ठ नागरिकहरुले सिरक पाउँदा वडावासी निकै खुशी भएका छन् ।
वडाको वार्षिक कार्यक्रम अनुसार जेष्ठ नागरिकहरुको आवश्यकता पहिचान गरी सिरक वितरण गरिएको वडा अध्यक्ष संदिप पाण्डेले बताएका छन् । वडा भित्र गरिब, असहाय तथा जेष्ठ नागरिक पहिचान गरी सिरक वितरण गरिएको तथा जेष्ठ नागरिक हाम्रा अभिभावक हुन उनीहरुको सेवामा वडाको सम्पुर्ण टिम समर्पित रहेको अध्यक्ष पाण्डेले बताए ।