काठमाडौं– ‘तपस्वी’ राम बहादुर बम्जनको घरबाट प्रहरीले ठुलो परिमाणको नगद रुपैँया बरामद गरेको छ ।
हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले जाकारी दिईन् ।
बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले अमेरिका, चीन र इन्डोनेसियालगायत मुलुकका केही मुद्रा पनि बरामद गरेको छ ।