नेपालगन्ज । सामाजिक सद्भावका लागि साँस्कृतिक एकताको सन्देश प्रबाह गर्दै बाँकेको मटेहियामा मंसिर १२ गते साँस्कृतिक उत्सव सम्पन्न भएको छ । यूएनडिपिको सहयोगमा बासद्धारा सञ्चालित सामाजिक सदभाव तथा सामुदायिक सुरक्षाका लागि सुदृढिकरण परियोजनाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथी नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद साहले सबैको अस्तित्व स्विकार गर्दा समाजमा सामाजिक सद्भाव कायम हुने बताए । वडानम्बर १ का वडाध्यक्ष मोलहे शेष, प्रहरी प्रमुख लगाएतको बिशेष उपस्थिती रहेको कार्यक्रममा सामाजिक सद्धभाव झल्काउने बिभिन्न झाँकी तथा साँस्कृतिक प्रस्तुतीहरु गरिएको थियो । कार्यक्रममा मौलाना रहिश शेषले सामाजिक सद्भाव बारे गजल प्रस्तुत गरेका थिए भने जय किशान मा.बि गंगापुरका सामाजिक शिक्षक तिर्थ रामा मौर्य, महेन्द्र मा.बि. मटेहियाका प्रधानाध्यापक पेशकार सिंह, मौलाना गुलाम मोहम्मद खाँले सामाजिक सदभाव बारे प्रबचन दिएका थिए ।
कार्यक्रममा सलिम दर्जि, चुन्ट साहु, फेहरन गोडिया, बद्रि प्रसाद मौर्य, धनपत दाश लगाएतले हिन्दु धर्मको बारेमा भजन प्रस्तुत गरेका थिए भने मुस्लिम धर्महरुको झाँकी घुकुरन शेष, गब्बन शेष, गफार अलि शेष, जबरिल खान, असगर हल्वाईले प्रस्तुत गरेकको बासका सुचना अधिकारी हेमराज भट्टले बताएका छन् । सामाजिक सद्धभाव वारे अर्जुन मौर्यले गित प्रस्तुत गरेको कार्यक्रममा जयकिशान माबिक भोजपुरका बिद्यार्थी अञ्चल चौधरी, पूजा चौधरी, समृद्धिका खडकाले नृत्य प्रस्तुत गरेका थिए । चौधरीहरुको भाषा, संस्कृति झल्किने हुरदुंगा नाच बिनौनाका रामदेलि थारु, मन कुमारी थारु, सरिता थारु, आरति थारु, रिता थारुले प्रस्तुत गरेका थिए । कार्यक्रममा बासका स्वयंसेवक शर्मिला थापा र शोभा थापाले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको कार्यक्रममा बास बाँके शाखा सदस्य मकबुल अहमद मुकेरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बासका अध्यक्ष मन भण्डारीले उद्धेश्य माथि प्रकाश पारेका थिए ।