काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा वन वे (एकतर्फी सडक) थपिएका छन्। काठमाडौं महानगरपालिका भित्रका पश्चिम ठमेल स्थित कालधारा चोकबाट पकनाजोल चोक जाने सडक एक तर्फी बनाइएको हो ।
काठमाडौं महानगरपालिकाका ट्राफिक र पश्चिम ठमेल पर्यटन परिषदको समान्वयमा कुस्लेचौरदेखि कालधारा हाइट,धोवीचौर मणिगल्लिदेखि कालधारा हाइट, कालधारा हाइटबाट पकनाजोल चोक निस्कने सडक एकतर्फी बनाइएको हो ।
सो क्षेत्रका सडकमा अत्यन्तै धेरै सवारी साधनको चाप हुने भएकोले त्यहाँका स्थानीयको सहजताका लागि एकतर्फी बनाएको पश्चिम ठमेल पर्यटन परिषदका अध्यक्ष सन्तोष पाण्डेले बताए ।