काठमाडौं- गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ काे भिडियाे सार्वजनिक गरेका छन्।
विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकतामा बाधिरहेका कारण खेलाडीलाई सम्मान गर्दै ‘जित तिम्रो मान बनोस, हार तिम्रो ज्ञान बनोस’ बोलको गीत गायन नक्षत्रमा जम्दै गरेका गायक निर्मल दाहालले ल्याएका हुन्।
यस गीतमा गायक दाहालको आफ्नै रचना, संगीत र स्वर रहेको छ । उनलाई र्यापर सुभम बोहरा (आत्मा)ले यस गीतमा र्यापमा साथ दिएका छन्। गीतको भिडियोमा गायक निर्मलले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्यहरू कैद गरेका छन्।
गीतले सबै खेलाडी र खेल प्रेमीहरूलाई हृदयदेखि धन्यवाद दिनुका साथै रोमाञ्चक साहसिक कार्यहरू गर्न, कठिन चुनौतीहरूको सामना गर्न र अविस्मरणीय सम्झनाहरू सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ। गायक निर्मलले यसअघि पागल, अचेल, जब घामलगायतका गीत सार्वजनिक गरिसकेका छन्।