काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३८ पैसा र बिक्री दर १३२ रूपैयाँ ९८ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४५ रूपैयाँ ०१ पैसा र बिक्री दर १४५ रूपैयाँ ६७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ६९ पैसा र बिक्री दर १६९ रूपैयाँ ४५ पैसा रहेको छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।