काठमाडौं– फुटबल स्टार लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा भएको समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका हुन्।
मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । मेसीले यो अवार्डका लागि फ्रान्सका केलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डलाई पछि पारेका थिए ।
मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए । यसअघि मेसीले यो अवार्ड सन् २०१९ र २०२२ मा जितेका थिए ।