इरान– इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा ‘आतङ्कवादी’ र इजरायलको गुप्तचर सेवा मोसादको अड्डा विरुद्ध ब्यालेस्टिक क्षेप्यास्त्रको ब्यारेज प्रहार गरेको जनाएको छ।
आईआरजीसीले मङ्गलबार बिहानै सेपाह समाचारमा प्रकाशित तीनवटा विज्ञप्तिमा आक्रमणको घोषणा गरेको छ। यी आक्रमणहरू मध्यरातमा बलुचेस्तानमा हालैका ‘आतङ्कवादी हमलाहरू’ को प्रतिक्रियाको रूपमा गरिएको बताइएको छ ।
इराकी सुरक्षा स्रोतका अनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ।
जनवरी ३ मा, दुई ‘आत्मघाती आतङ्कवादी’ ले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएको बताइएको छ । त्यसको परिणामस्वरूप ९० जनाभन्दा बढीको मृत्यु भएको छ भने र २८० जना घाइते भएका छन्।
जनवरी ४ मा भएको बम विस्फोटको जिम्मेवारी आईएस आतङ्कवादी समूहले लिएको थियो।