काठमाडौं- सत्तारुढ दलको सिन्धु लोकतान्त्रिक बाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ। मंगलबार कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको सिन्धु कांग्रेसका प्रवक्ता नवराज भट्टराईले बताए।
लोकतान्त्रिक बाम गठबन्धन राष्ट्रिय सभा निर्वाचन परिचालन समितिको बैठकमा कांग्रेस जिल्ला सभापति जंगबहादुर लामा, माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुली, जसपा जिल्ला अध्यक्ष जगतबहादुर तामाङ र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटा समितिमा छन्।
बाग्मतीमा गठबन्धनको तर्फबाट जितजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्णप्रसाद अधिकारी र घनश्याम रिजाल उम्मेदवार छन्। बस्नेत र पुडासैनी कांग्रेसबाट, अधिकारी माओवादीबाट र रिजाल एकीकृत समाजवादीबाट उम्मेदवार हुन्।