काठमाडाैं - पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरुकोे सहजताको ह्वील चियर हस्तारन्तरण गरेकाे छ । सशस्त्र प्रहरीले २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरुको सहजताको बुधबार ह्वील चियर हस्तारन्तरण गरेकाे हाे ।
नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीलाई चार वटा ह्वील चियर हस्तान्तरण गरेका हुन् ।
नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरुको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व रहेको बताएका हुन् ।
जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरुको सामूहिक प्रयासबाट ४ वटा ह्वील चियर हस्तारन्तरण गरेका छन् ।
साथै विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुंगाहरु विछ्याई जिर्णोद्धार समेत मर्मत गरेका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।