काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुईवटा नयाँ शाखाहरु विस्तार गरेकाे छ । बिहीबारदेखि काठमाडौंकाे काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा गरेर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले दुईवटा नयाँ शाखाहरु संचालनमा विस्तार गरेकाे हाे ।
यी दुई शाखाहरु गरि बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । यसका साथै काठमाडौं उपत्यकामा चाडै नै अरु थप शाखाहरु खोल्ने उनले जानकारी बताए ।
हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५५ वटा एटीएम रहेको छ ।