काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल देशको पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै अहिले तराईका अधिकांश स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ ।
शनिबार दिउँसो देशको पहाडी भू– भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू– भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
आज राती देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू– भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।