काठमाडौं– मोरङ, लेटाङ नगरपालिका–५ खेरुवास्थित सडकमा को १८ प ६२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका– २ बस्ने १८ वर्षीय जेनिस राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
लमजुङ, दोर्दी गाउँपालिका– ४ सिमल बिसौनीस्थित सडकमा ग १ ज ७५६१ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका–४ बासबोट बस्ने ४५ वर्षीय पुर्ण बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित सडकमा लु ५८ प २७२८ नम्बरको मोटरसाइकल र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लु५८ प २७२८ नम्बरको मोटरसाइकल चालक कपिलबस्तु शुद्धोधन गाउँपालिका– ५ बस्ने ४५ वर्षीय शिव शंकर यादव र युपि ५५ एएन १११२ नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर ग्राम कक्रहवा बस्ने ३० वर्षीय जय प्रकाश गुप्ताको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
तनहुँ, देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित सडकमा ग १ ख ४१८१ नम्बरको मिनि ट्रक सडक देखि करिब ५ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा देबघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नर बहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कास्की, पोखरा महानगरपालिका– ११ काहुँस्थित सडकमा ग १३ प ६४२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–१३ कमलपोखरी बस्ने १६ वर्षीय सन्तोष रोक्का मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा, रम्भा गाउँपालिका– १ भुमरस्थित सडकमा ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटीको घटनास्थलमै मृत्यु भएको छ ।
दाङ, लमही नगरपालिका– ९ झ्वाडीस्थित सडकमा प्र ३– ०१– ००५ ख ९७१९ नम्बरको बस अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरूवा गाउँपालिका– १ थापापुर बस्ने ३६ वर्षीय भिम नाथ योगी र बर्दिया मधुवन नगरपालिका बस्ने युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके पठाइएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका–२ पाण्डेचोकस्थित सडकमा ना ४ ख १३६५ नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ बस्ने २४ वर्षीय दिन दयाल थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ फेचहा मोडस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक महोत्तरी एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सिताराम मुखियाको छोरा २५ वर्षीय किशन मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।