खोकनाको गणनृत्यलाई हरिसिद्धि, पाटनका विभिन्न स्थान, काठमाडौंको हनुमानढोका, पशुपतिका विभिन्न पीठहरुमा स्वागत गरी सिकाली इन्द्रायणीदेवीको पूजा निरन्तर चलाउँदै आइरहेको छ । तर १२ वर्षे गणनृत्यमा सहभागी देवगणलाई कीर्तिपुरमा आमन्त्रण गरी सम्मान भोज खुवाउने परम्परा करिब ४०० वर्षदेखि टुटेको थियो । सोही परम्पराको पुनर्जागरणका लागि यही माघ १३ गतेदेखि ससःत्वाःले खोकनाका देवगणलाई सम्मान भोज खुवाउने परम्परा पुनः निरन्तरता दिन लागेको हो ।
एक समयको कुरा हो, काठमाडौं पचलीस्थित भैरवका पुजारीको मृत्यु भएको ठानी जब घाटमा जलाउन लागेका थिए, तत्काल ठूलो बाढी आई सबै बगाएर खोकना नदीको बगरमा उतारिदिएछ । चिसोका कारण अचेत ती पुजारीलाई चित्ताको आगोको तापले बौराइदिएछ । ब्युँझ्दा आफूलाई नदीको किनारमा पाएपछि रोइरोइ आफ्नो व्यथा बुङमतीबासीलाई सुनाएछन् ।
घाट पु¥याएकालाई घर जान बर्जित गर्ने हुँदा सोही ठाउँकी एक महिलासँग घरजम गरी बसाएको बस्ती भएको कारण बुङमतीबासीसँगैको बस्तीलाई रोइरोइ बसाएको बस्ती ‘ख्वकना’ भनिएको आख्यान प्रख्यात छ । देवमाला वंशावलीअनुसार ने.सं. ६३३ मा राजा अमर मल्लले रुद्रायणी पीठ स्थापना गरी खोकनामा गणनृत्य जात्रा चलाएका हुन्, भनिन्छ । त्यो घटना दसैंताका भएकाले यहाँ दसैं मनाइँदैन ।
तर दसैंताका आश्विन तृतीयादेखि षष्ठीसम्म सिकाली गणनृत्य भने हुन्छ यहाँ । प्रत्येक वर्ष तःगुथि, सलांगुथि र जाःगुथिले जात्रा थाप्ने गर्दछ । दसैं मनाइँदैन भनिएता पनि वास्तविकतामा सिकाली अजिमा अर्थात् इन्द्रायणी जात्रा दसैंभन्दा भव्यसँग मनाइन्छ यहाँ ।
कौलाथ्व तृतीया र गुप्त पूजाः
राति अजिमा पीठलाई राँगा बली दिई रगत पाता ख्वला (कचौरा) मा थापी पुजिन्छ । झण्डै ४६ जना देवगणको सामूहिक तान्त्रिक गणनृत्य कम्ता मार्मिक हुँदैन ।
कौलाथ्व चौथी र छ्वयलाभूः
देवीलाई चढाएको राँगाको मासुको छोय्ला बनाएर भोज खाइन्छ । त्यस दिन खोकनाबासीको घरघरमा भव्य भोज बनाएर खाइन्छ ।
कौलाथ्व पञ्चमी मूजात्राः
दसैंको पञ्चमीको दिन टेकुस्थित पचलीमा भैरवको क्वँचाद्यो जात्रा भइरहेको बेला खोकनामा महाकाल र वीरभद्रलाई बलीदिई मध्यराति ९ बजेतिर भैरवगण जात्राकै क्रममा सिकाली पीठमा अश्वमेघ यज्ञमा दक्षप्रजापतिले महादेवप्रति अपमान गरिएको सहन नसकी देवी अग्निकुण्डमा हामफाल्दा उत्पन्न स्थिति झल्काइने गणनृत्य देखाइन्छ ।
कौलाथ्व षष्ठी र सिकाली प्याखँः
बर्सेनि दसैंको बेला खोकनामा आयोजना गरिने सिकाली गणनृत्यलाई राजा अमर मल्लले गुथिराखी १२ वर्षे सिकाली जात्रा काठमाडौंको हनुमानढोका, पशुपतिनाथ, पाटनको मंगलबजार र कीर्तिपुरलगायतका देशदेसावर दर्शन पूजनका लागि लैजाने चलन चलाएको बताइन्छ ।
४०० वर्षपछि कीर्तिपुरमा स्वागत भोज
सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष खोकनास्थित इन्द्रायणीदेवी १२ वर्षे गणनृत्यमा सहभागी देवगणहरूको सम्मानमा कीर्तिपुरस्थित ससःत्वाःले एक बृहत् भोजको आयोजना गर्ने भएको छ । यसरी खोकनाको देवगणलाई देशदेशावर पूजा थाप्न बोलाउनाले देशमा मातृशक्तिबाट आशीर्वाद पाइने र समाजमा शान्ति समृद्धि कायम हुने विश्वास पाइन्छ । तर कीर्तिपुरमाचाहिँ जनस्तरबाट यसरी ४०० वर्ष अघिदेखि सम्मान भोज हुन नसकेकोले ससःत्वाःले १२ वर्षे गणनृत्यका देवगणलाई विशेष सम्मान भोजको आयोजना गर्ने जानकारी दिएको हो । ४६ जना देवगणलाई सम्मान भोज समर्पण गरिँदा भोजमा सहभागी भक्तजनलाई प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ वा ऐच्छिक दान गर्नसमेत आयोजकले आह्वान गरेको छ ।
देवगण थकालीको हातबाट टीका थापी, विशुद्ध खोकनाकै देय् भोय् समुदायबाट बनाइने भोजले भक्तजन तथा पर्यटकका लागि छुट्टै मौलिकताको अनुभूति प्रदान गर्ने बताइएको छ । ससःत्वाःका अध्यक्ष फिरोज सिंहका अनुसार खोकनाको गणनृत्यलाई हरिसिद्धि, पाटनका विभिन्न स्थान, काठमाडौंको हनुमानढोका, पशुपतिका विभिन्न पीठहरुमा स्वागत गरी सिकाली इन्द्रायणीदेवीको पूजा निरन्तर चलाउँदै आइरहेको छ ।
तर १२ वर्षे गणनृत्यमा सहभागी देवगणलाई कीर्तिपुरमा आमन्त्रण गरी सम्मान भोज खुवाउने परम्परा करिब ४०० वर्षदेखि टुटेको थियो । सोही परम्पराको पुनर्जागरणका लागि यही माघ १३ गतेदेखि ससःत्वाःले खोकनाका देवगणलाई सम्मान भोज खुवाउने परम्परा पुनः निरन्तरता दिन लागेको हो ।
नेपाल सम्वत् ४१० मा खोकनाका देवगणलाई भोज दिने परम्परा टुटेको प्रमाण फेला परेको छ । ससःत्वाःका अध्यक्ष सिंहले नेवार परम्परागत खाना पस्कने लक्ष्यले कीर्तिपुरमा खोलिएको ससःत्वाःले यस वर्ष खोकनाका गणनृत्यमा सहभागी देवगणलाई सम्मान भोज खुवाएर परम्पराको पुनर्जागरण गरिने बताए । यसलाई उपत्यकामा मात्र नभई देशभर प्रवद्र्धन गर्दै लगिने उनको भनाइ छ । हास्य कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल कृषि, जलस्रोत र संस्कृति परम्पराले सम्पन्न देश भएकोले यसको सम्वद्र्धन, प्रचारप्रसार गर्दा पर्यटनको पनि प्रवद्र्धन हुने धारणा राखे ।
हास्य टेलिसिरियल खोतावजीका लेखक÷निर्देशक सुरेन्द्र तुलाधर ससःत्वाःको गणनृत्यका देवगणलाई सम्मान भोज दिने परम्पराको पुनर्जागरणले खोकना, कीर्तिपुर, हरिसिद्धि, पाटनलगायतको भाइचारा, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । ने.सं. ५६८ मा राजा अमर मल्लले ७०० घरसहित बस्ती व्यवस्थापन गर्दा पीठबाट ल्याई यहाँ प्रतिस्थापन गराएको बताइन्छ ।
आश्विन शुक्ल तृतीया र कात्र्तिक पूर्णिमाका दिन दुईपल्ट खोकनामा पाटन बुबहालका गुरूजु चैत्यराजद्वारा सिकाली गणनृत्य नचाउँछन् । भनिन्छ, यो नृत्य ने.सं. १६५ देखि धीरजनरसिंह आजुले थालनी गरिएको हो । दसैं–तिहार नमनाउने खोकनावासीले टेकुबासी पुर्खाको स्मरणमा १२ वर्षे पचली–सिकाली थानमा पूजा गर्ने परम्परा कायमै छ । यसरी एक बस्तीमा प्रचलित जात्रा पर्वलाई अर्को बस्तीले सम्मान गर्ने परम्परालाई निरन्तरता दिन सके आपसी सद्भाव र ऐतिहासिक सांस्कृतिक दस्तावेजको संरक्षण हुने छ ।
रोइरोइ बसाएको बस्ती खोकना
सहकालका देवता विराजमान भएको बस्ती पूर्वमा फुल्चोकी डाँडा र नख्खु खोला, पश्चिममा ध्यानाचो चम्पादेवी र बागमतीबीचको बस्ती बुङमतीसँगैको तेल उत्पादनको ऐतिहासिक बस्ती खोकना ललितपुर चक्रपथबाट आठ किलोमिटर दक्षिणमा पर्दछ । असमान ढिस्का र फाँटबीच बुङमती र खोकना राजा नरेन्द्रदेव र राजा अंशुवर्माको राज्यकाल सम्वत् २९ देखि चर्चामा आएको हो ।
‘बुँ’ ले नेपाल भाषामा खेत, ‘ग’ ले अखडा र ‘मती’ खेतलाई समास गर्दा भएको बुङमती, राजा नरेन्द्रदेवको राज्य इ.सं. ६४३–६९० ताका काठमाडौंमा १२ वर्ष खडेरीबाट हाहाकार मच्चिएको बेला, कान्तिपुरका आचार्य बन्धुदत्तको उपाय सल्लाहअनुसार ललित ज्यापु तण्डुकारलाई बोकाएर कामरुपकामक्षा आसामबाट रातो मच्छिन्द्रनाथ नेपाल ल्याई वर्षा र सहकाल सुरू गराएपछि चर्चामा आएको हो ।
भनिन्छ, बुङमतीमा काठमाडौं, ललितपुर र भक्तपुरबाट ३०० परिवार ल्याएर बसाइएको थियो । क्षेत्रफल सानो भए पनि मच्छिवहाल, मुननि, तःननि, वरेननि, चाहलननि, गुठननि, मोंखा, इखा, बोंछ, चाछें, झ्वछे, पदमपुर, अनरापुर, दिपङ्कर बुद्ध विहार, द्यो क्यवः, बै क्यवः, नाय क्यवः, झुमु, खाझ, पाउली, देगचा, जाहोलाखेल छन् । त्यसैगरी चुनिखेल, सतःटोल, कोटालाछी, ताफः, तातुँ, आगँतुँ, नायतुँ, नःपुखु, देपुखु, खाःपुखु, द्योखाँ, पनेपुखु, चोगाँ, न्ह्वथा, खान गाः, स्वेचा, चाँह छन् । तर बीचमा काठमाडौं उपत्यकाका प्रख्यात चार गणेशमध्ये एक कार्यविनायकले बीचमा जोडेर रहेको अर्को ऐतिहासिक बस्ती खोकना छ ।
तेल उत्पादन केन्द्र खोकना नेपालको सर्वप्राचीन सहकारितामा आधारित तेल उत्पादनको केन्द्र पनि हो । प्रत्येक वर्ष देशभित्रका इन्द्रयणी मन्दिर अगाडिको पोखरीमा गाईजात्राको दिनमा जिउँदै बाख्रीलाई फ्याँक्ने, लुछाचुडी गरी आफ्नो हातमा पार्न सके वर्ष पुरुषको घोषणा गरिने वीक्षिप्त वर्षको पहिचान बनाएको बस्ती पनि हो ।