काठमाडौं– सल्यान, छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीया सिमा कँवर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका– ६ फर्ज्याङपुल नजिकै खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका– १ नारायणी किनारस्थित हरिहर मन्दिर अगाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।