काठमाडौं– काठमाडौंको रत्नपार्क र सुन्धारा क्षेत्रबाट फुटपाथ व्यवसायीहरुको सामान महानगरको प्रहरी टोलीले जफत गरेपछि व्यवसायीहरुले याली सहित धर्ना कार्यक्रम दिएका छन् ।
उनीहरुले आफ्नो सामान फिर्ता पाउनुपर्ने र बेलुको समयमा व्यापार गर्न पाउनुपर्ने माग सहित प्रदर्शन जारी राखेका छन्।
करिब सय जनाको संख्यामा उपस्थित प्रदर्शनकारीले आज बुधबार शान्ति बाटिका बाट र्याली निकालेर काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगि धर्ना दिएका थिए । तस्विर : मनिष राई