काठमाडाैं - सानिमा इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त गरेकाे छ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को मिति २०८०।१०।११ मा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट समितिको अध्यक्षमा रतन लाल केडिया निर्विरोध निर्वाचित भएका हुन् ।
सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट मिति २०८०।१०।१२ को सञ्चालक समिति बैठकले रतन लाल केडियाज्यूलाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको छ ।
आइतबार अध्यक्ष रतन लाल केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकज्यूहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ गर्नु भई सञ्चालकको पदभार ग्रहण गरे ।