कोलालम्पुर– मलेसियाका अर्बपति सुल्तान इब्राहिम इस्कन्दरले मलेसियाको सत्रौँ राजाको रूपमा शपथ लिएका छन् । आज बुधबार सुल्तान इब्राहिमले क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबिच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका हुन्।
पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्नेछन् । प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए ।
उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो ।