पोखरा– आहा रारा पोखरा गोल्ड कपको उपाधि विभागीय टिम त्रिभुवन आर्मी विजयी भएका छन् । शनिवार पोखरा रङ्गशालामा भएको फाइनलमा पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई ३-० गोलअन्तरले हराउँदै पहिलो पटक आर्मीले उपाधि चुमेको हो ।
आर्मीका लागि पहिलो गोल क्याप्टेन गिलेस्पी जंग कार्कीले ३८ मिनेटमा गरेका थिए । दोस्रो गोल आर्मीका फत्तेमान घलेले ८३ मिनेट र वसन्त जिम्बाले इन्जुरी समयमा गोल थपे ।
आर्मी यसअघि ४ पटक फाइनल पुगे पनि उपाधि जित्नबाट बन्चित भएका थयो ।