काठमाडौं - गायीका पूजा तामाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानलमार्फत तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरेको हो ।
सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो ।तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार जिवन बम्जन र रमेश तमाङको भनाइ छ ।
उक्त गीतमा संगीत र एरेन्ज चन्द्र कुमार दोङले भरेका छन् । ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।