काठमाडौं - वैदेशिक रोजगारमा जाने कामदारबाट बीमा कम्पनीले कुल १ अर्ब शुल्क उठाएकाे छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले वैदेशिक रोजगारमा जाने कामदारबाट १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरूको वैदेशिक रोजगारी जानेबाट व्यापार १ अर्ब ७१ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत आवको समीक्षाा अवधिमा कम्पनीहरूको व्यवसाय १५.०३ प्रतिशतले कम हो ।
चालु आवको दोस्रो त्रैमास (पुष)सम्म जीवन बीमा व्यवसाय गर्ने वीमक कम्पनीहरूले वैदेशिक रोजगारीमा जानेबाट १९ लाख ९१४ हजार ९५० बीमा पोलिसी जारी गरेर गरेर सो शुल्क आर्जन गरेको नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्ले गरिएको छ । कम्पनीहरूको पुष महिनामा मात्रै २४ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आजर्न गरेको थियो ।
पुष महिनासम्म जीवान बीमा व्यवसाय गर्ने सन नेपाल लाइफ कम्पनीले सबै भन्दा बढि व्यवसाय गरेको छ । कम्पनीले ७ लाख ४९ हजार ८६२ बीमा पोलिसी जारी गरेर ३६ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
त्यसैगरी बढि बीमा व्यवसाय गर्ने दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पुुष महिनासम्म ३ लाख ५८ हजार ६१४ बीमा पोलिसी जारी गरेर ३२ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यसैगरी बढि बीमा व्यवसाय गर्ने तेस्रो नम्बरमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १ लाख ५० हजार १०० बीमा पोलिसी जारी गरेर १६ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको यस्तो बीमा व्यापार पुष महिनामा मात्रै २ करोड ४० लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
यो अवधिमा बीमा व्यवसाय गर्ने बीमक कम्पनीहरू रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड ८३ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले ६ करोड ९ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० करोड ४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ९ करोड ७१ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १४ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।