काठमाडाैं - धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ।सोमबार एक औपचारिक कार्यक्रमका बीचमा ‘उप्स’ मनोरन्जन पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन्।
करिव १ महिना अगाडी देखि संचालनमा आएको थियाे । रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन्। संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमानसँग पुगेकी थिइन्।
‘उप्स’ मा बच्चा देखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्नेछन्। आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङ लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिने संचालक टिमले जनाइएकाे छ।
सस्तो मुल्यमा धेरै खेलहरु एकैठाउ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य विशेषता हो। यसका साथै स-परिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतित गर्न सकिने छ। कार्यक्रममा बोल्दै प्रियंकाले सवै प्रकारका खेलहरु खेल्न सकिने ठाँउ आकर्षक बनेको बताइन्।
प्रियंका भन्छिन्, ‘सबै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए। ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनेछन्। ‘ छोरी आयंकासँग पुगेकी प्रियंकाले चाडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने जानकारी गराइन्।
भारतमास्थित होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा संचालनमा आएको हो। नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । विभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उदेश्य रहेकाे सञ्चालकले जनाएकाे छ ।