काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र एसट्रेक क्लाइम्बिङ वाल प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका बागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट कमल घले गुरुङले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकलाई कम्पनीको ठमेलस्थित वाल क्लाइम्बिङमा विशेष छुट दिने भएको छ । उक्त समझदारी अनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्लाइम्बिङ गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको जनाइएको छ ।