काठमाडाैं -एनआईबिएले बन्दमुखी इकाई बाँडफाड गर्ने भएकाे छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND) ” बन्दमुखी योजनाको इकाई बाँडफाड गर्ने भएको हाे।
एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको थियाे ।
उक्त योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति इकाई अंकित मूल्य रु. १०/– दरमा मिति २०८०/१०/०२ गते देखि मिति २०८०/१०/१६ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा उक्त निष्काशित इकाईहरुको भोली मिति २०८०/१०/२४ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड गरिनेछ ।