नेपालगन्ज । मंसिर १४ ।
राष्ट्रिय निर्वाचन पर्यबेक्षक समिति (नियोक) बाँकेले निर्बाचनका पर्यबेक्षकहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम मंसिर १४ गते सम्पन्न गरेको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि नियाक बाँकेका तर्फबाट पर्यबेक्षण गर्ने पर्यबेक्षकहरुलाई सो अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा पर्यबेक्षण के हो, पर्यबेक्षण गर्दा ध्यान दिनुपर्ने कुराहरु, पर्यबेक्षण आचार संहिता, नियोकले निर्वाचनका लागि ब्यवस्था गरेको कल सेन्टर, रिपोटिङ्ग प्रक्रिया लगायतका बिषयमा नियोक बाँके शाखाका सभापतीा नमस्कार शाह र सचिब हेमराज भट्टले प्रशिक्षण दिएका थिए । नियोक बाँके शाखाका सभापती नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नियोक बाँके शाखाकी उपसभापति नेत्रकला शाहीले गरेकी थिईन् ।
अभिमुखिकरण पश्चात बाँकेका ३ ओटै क्षेत्रहरुका विभिन्न मतदान केन्द्रहरुमा जिम्मेवारी बाडफाड गरि खटाईएको छ । नियोक बाँके शाखा अन्तरगत जिल्लाका ३ ओटै शाखामा नियमित लामो अवधिका पर्यबेक्षकहरुले पर्यबेक्षण गरिरहेका छन् भने निर्वाचनको दिनका लागि थप प्रर्यबेक्षकहरु सहित प्रर्यबेक्षण गर्ने योजना नियोक बाँकेले बनाएको छ । नियोकबाँकेका तर्फबाट ३४ जना पर्यबेक्षकहरुले पर्यबेक्षण गर्ने भएका छन् ।