काठमाडौं– सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. को तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहकलाई एप्पलका उत्पादनहरूमा विशेष छुट दिइनेछ । एप्पलका आइफोन, आईप्याड, म्याकबुकलगायतका सामानमा ६००० रूपैयाँ सम्मको र अन्य ७००० रूपैयाँ बराबरको एस्सेसरिज पाउन सकिनेछ । साथै बैंकका ग्राहकले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सकिने पनि जनाएको छ ।