काठमाडाैं - नाइजेरियामा जेनेस सलुशनले आफ्नाे कार्यालय विस्तार गरेकाे छ । सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता जेनेस सलुशन कम्पनीले नाइजेरियामा आफ्नो कार्यालय विस्तार गरेकाे हाे ।
लन्डन -बेलायतमा मुख्यालय भएको जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले बताइन् । 'नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो। संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ,'जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताइन् ।
उनका अनुसार नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहर गरि दिएकाले पनि गर्न हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना छ। उनले नाइजेरियामा कम्पनी स्थापना गर्न सहयोग गर्ने गैर आवासीय नेपालीहरुलाई पनि हार्दिक धन्यवाद दिइन्।
जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने छ।
"एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने संदेश पनि दिएको छ,' नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङोटे ग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने।
उनले जेनेस सलुशनलाई अफ्रिकाभरि आफ्नो सेवा विस्तार गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिए। नेपाल, बंगलादेश, अमेरिका लगायत ८ ओटा मुलुकहरुमा कार्यालय छन्।