भक्तपुर - स्वदेशी वस्तुको प्रयोगमा जोड दिनुपर्ने व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन्। बिहीबार इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीहरुको भक्तपुरमा भएकाे एक कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका संस्थापन अध्यक्ष मोहन कटुवालले बताएका हुन् ।
तुलनात्मक रुपमा महँंगा भए पनि विदेशबाट आयातित वस्तु भन्दा स्वदेशमै बनेका वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड उनले दिएका छन् । स्वदेशमै वनेका वस्तुहरुको प्रयोगमा बानी बसाल्नुपर्नेमा उनीहरुको जोडि थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका संस्थापन अध्यक्ष कटुवालले नेपाल सरकारले १५ प्रतिशत वढी महँंगो भए पनि नेपालमै वनेका वस्तुको प्रयोगमा जोड दिएको स्मरण गर्दै अव यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । समेत रहेका उनले स्वदेशी वस्तुको प्रयोगलाई नारामा मात्रै सिमित नराखी व्यवहारमै उतार्नुपर्नेमा जोड दिए ।
इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओं) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुले उत्पादन मात्रै नभई उत्पादनका लागि आवश्यक कच्चा पदार्थमध्येमा पनि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै प्रयोग गरेको जानकारी गराए । उनले नेपालमा नयाँं आधुनिक निर्माण सामाग्रीको अनुसन्धान गर्दै अहिले इको प्यानलको उत्पादन थालेको जनाए । कम्पनीका व्यवस्थापक विक्रम गोसाईले लामो अनुसन्धानपछि आफूहरुले इको प्यानलको उत्पादन थालेको जानकारी गराए ।
इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यो भूकम्प प्रतिरोधी हुनुका साथै अनेक विशेषताले भरिपूर्ण छ । कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायीहरुसँंग अन्तरक्रिया गरिएको थियो ।